शिक्षाविना सन्सार नै अँध्यारो देखिन्छ : अध्यक्ष अग्रवाल

बारा । अग्रवाल फाउण्डेशन अमेरिकाका अध्यक्ष पवन अग्रवालले शिक्षाविना सन्सार नै अँध्यारो देखिने बताएका छन् । बाराको कलैया उपमहानगरपालिका– ३ स्थीत चन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच अग्रवाल फाउण्डेशनले निर्माण गरिरहेको विद्यालय भवनको अनुगमनपश्चात हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अग्रवालले यस्तो बताएका हुन् ।

उनले उक्त विद्यालय निर्माणको लागि एक चरणमा ४ करोड र विद्यालयको पुरानो संरचनाको पुरानो भवनलाई पुनः नया तरिकाले निर्माण गर्न ५ करोड गरी जम्मा ९ करोड रुपैयाँ लगानी गरेका छन् । उनले कुनै पनि समस्याको समाधानमा शिक्षाले योगदान गर्ने बताए । उनले कलैया आफ्नो मातृभूमि रहेकोसमेत बताए । उनले आफू पढेको विद्यालयको लागि जे पनि गर्न तयार रहेको समेत बताए ।

उनले देशको दोस्रो विद्यालय भए जस्तै उपलब्धीको हिसाबले दोस्रो विद्यालय तयार गर्ने समेत बताए । सो अवसरमा बोल्दै कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले शिक्षाको उन्नतीको लागि उपमहानगरपालिका तयार रहेको बताए । उनले अग्रवाल फाउण्डेशनसँग मिलेर अगाडि बढ्न तयार रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै निवर्तमान प्रदेशसभा सदस्य पारस साहले विद्यालयमा पढ्नेबाट योगदान हुनु खुशीको कुरा रहेको बताए ।सो अवसरमा बोल्दै मुनिन्द्रनाथ शर्माले शिक्षा जिवनका लागि हुनुपर्ने बताए ।

कलैया उपमहानगरपालिका– १ का वडाध्यक्ष मोहनबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिओम साह सोनारलगायतकाले मन्तब्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरी एवम् सञ्चालन शिक्षक किशोरीलाल राम उर्फ किसमत बाबाको रहेको थियो । विद्यालयले उनलाई एक कार्यक्रमबीच भव्री स्वागत गरेको थियो ।

प्रतिक्रिया