सानिमा बैंक चन्द्रपुर शाखाले मनायो १९औँ वार्षिकोत्सव

रौतहट । रौतहटमा रहेको सानिमा बैंकले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ । जिल्लामा सानिमा मात्र शाखा रहेको चन्द्रपुरले आज एक कार्यक्रमबीच १९औँ वार्षिकोत्सव मनाएको हो । सो बैंकले देशैभरी वार्षिकोत्सव मनाउने क्रममा यहाँ पनि आफ्नो १९औँ वार्षिकोत्सब मनाएको हो ।

चन्द्रपुर नगरपालिका– ४ स्थित मुख्य चौकमा रहेको सानिमा बैंक शाखाले बिहीबार कार्यालय समयमा नै केक काटेर मनाएको बैंकका शाखा प्रबन्धक नविन कोईरालाले जानकारी गराए ।

सो अवसरमा बैंकका कर्मचारी तथा सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत सानिमा बैंकको चन्द्रपुर शाखाले प्रत्येक वर्ष दुई जना छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका दुई जनालाई प्रतिस्पर्धाको आधारमा छनोट गरेर छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

पछिल्लो महिना मात्रै दुई जना छात्रछात्रालाई उक्त छात्रवृत्ति प्रदान गरेको थियो । बैंकको वार्षिक उत्सवमा सेवा मुलक कार्य गर्ने योजना रहेको शाखा प्रबन्धक कोईरालाको भनाइ रहेको छ ।

प्रतिक्रिया