मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा भुसाल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले डा. भुसाललाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनले स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पनि लिइसकेका छन् ।

यसअघि काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल १८ कात्तिकदेखि सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । नाक, कान, घाँटी रोगका विशेषज्ञ भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत बनाएको थियो ।

उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षसमेत भइसकेका छन् ।

प्रतिक्रिया