सप्तरीको ऐतिहासिक मानराजा गढी

सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर ७ मानराजास्थित साबिक मानराजा गाउँ विकास समितिमा अवस्थित मानराजा गढी एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक ठाउँ छ । जुन प्रसार प्रचारको कमिले आन्तरिक पर्यटक भित्रिआउन सकेको छैन । यो गाविस प्रदेश नम्बर दुई तथा जिल्लाको एउटा महत्वपूर्ण अनुसन्धानमुलक ऐतिहासिक स्थान हो । जिल्लाको विमानराजा स्थित गढी एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक ठाउँ कट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रहँदै आएको छ । हाल बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ मानराजा अन्तर्गत पर्दछ ।

साे ठाउँमा मानराजा राजा मानदेवको कथासगँ मेल खाने अनुमान गरेको छ । किरात कोशी प्रदेशका मानराजा मानदेवको कोशी प्रदेशको शासन गर्ने राजधानी थियो । मानराजामा रहेका मुर्तिको कलाकृति सित मिल्दोजुल्दो रहेका छन् । यी तथ्यहरुका आधारमा हालको मानराजा राजा मानदेवको कोशी प्रदेश राजधानी थियो भन्ने अनुमान गर्न सकिन्छ ।

पूजा गर्दा चढाईन्छ भन्टा

यहाँ दर्शन गरेपछि चार जोडि भन्टा चढाएपछि विभिन्न किसिमका छलाका रोगहरु निको हुने जनविश्वास रहिआएको छ । बोदेबर्साईनको मुटुमा अवस्थित मानराजा क्षेत्र एउटा जिल्लाकै प्रसिद्ध रहेको छ । जिल्लाको विकट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रहँदै आएको छ । ग्रामीण पर्यटनको प्रबल सम्भावना बोकेको मानराजा गढी क्षेत्रको विकास गर्न समबन्धित निकायको सक्रियता आबश्क देखिएको छ ।

प्रतिक्रिया