भूकम्प पीडितलाई राहत वितरण गर्दै रिटर्नी एसोसिएसन समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एशोसिएसनको टोलीले भूकम्प पीडितलाई राहत वितरण गरेको छ । नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रविन पौडेलद्वारा गत ९ गते जाजरकोट खलंगाबाट ५ घण्टा दूरीमा रहेको कुसे गाउँपालिका ९ मा २८० भूकम्प पीडित घर परिवारलाई फाइबरको डबल न्यानो सिरक वितरण गरेसँगै राहत वितरण कार्यको सुरुवात भएको हो ।

वडाका जनप्रतिनिधि, नेकपा एकीकृत समाजवादी पार्टी तथा अन्य दलका गाउँ तथा प्रदेशका स्थानीय नेताहरु, स्थानीय बुद्धिजीवीहरूको रोहबरमा स्वयं प्रविन पौडेल तथा संगठनका सचिवद्वय प्रकाश महरा र बमबहादुर बिसीको उपस्थितिमा उक्त राहत वितरण गरिएको थियो ।

यसैगरी मंसिर ११ गते एशोसिएसनका अध्यक्ष प्रविन पौडेल र सचिव प्रकाश महरा र बमबहादुर विसीले नेकपा एकिकृत पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा रुकुमको आठबिसकोट नगरपालिका स्थित जनविकास माध्यमिक विद्यालय ज्यामिरकोट टाकुराकाको प्राङ्गणमा ३०० विद्यार्थीलाई कापी कलमसहित स्कूल ब्याग र २० घरपरिवारलाई फाइबरको न्यानो सिरक हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा आठविसकोट नगरपालिकाका मेयर रवि केसीलगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेकपा एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश इन्चार्ज अमर बहादुर थापा, सह इन्चार्ज शेरबहादुर खत्री , प्रदेश सांसद कल्याणी खड्का, आठविसकोट नगरपालिकाका स्थानीय भूकम्प पीडित परिवार , विद्यार्थीहर , स्थानीय विद्यालयका शिक्षक बुद्धिजीवी, नेपाल साथै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्लाका पदाधिकारीहरु र अन्य पार्टीका प्रतिनिधिहरु र स्थानीय बुद्धिजीवीहरु को उपस्थिति रहेको थियो । उक्त राहत संकलनमा विद्यार्थीको समेत सहयोग रहेको थियो ।

त्यस्तै, नेकपा एकिकृत समाजवादी निकट युवा तथा विद्यार्थीको टोली अस्थाइ घर टहरा निर्माणमा सहयोगका लागि उक्त क्षेत्रमा रहने अनेरास्ववियू अध्यक्ष आरती लामाले बताइन्।

आठबिसकोट नगरपालिकामा १५४ मृत्यु भएको नगर प्रमुखले केसीले जानकारी दिए । जनप्रिय माध्यमिक विद्यालय ज्यामिरे टाकुरामा अध्यनरत ३ जना विद्यार्थीको मृत्यु भएको उक्त स्कूलका शिक्षकले बताए ।

त्यसैगरी नेपाल रिटर्नी एशोसिएसनले प्रभावित क्षेत्र जानु पूर्व भातृ संगठनले पर्टीकोषमा जम्मा हुने गरी रु ५० हजार पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई हस्तान्तरण गरेको थियो । यसै गरी अध्यक्ष पौडेलले सरकारका सम्बन्धित निकाय र सम्बन्धित जनप्रतिनिधि सँग भूकम्प पीडित परिवारलाई व्यवस्थापनमा थप ध्यान दिनु पर्ने बताए ।

भूकम्प प्रभावित क्षेत्रमा टोली सहित उपस्थित भएका पौडेलले दिन प्रतिदिन चिसो बढ्दै गएको र उक्त क्षेत्रका बालबालिका, सुत्केरी र वृद्ध अतिप्रभावित भएकोले सबैको यथासिघ्र उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सो कार्यको लागी सरकारको ध्यानाकर्षण गराए ।

एशोसियसनका सचिव प्रकाश महराले विभिन्न दाताहरुले सदरमुकाममा राहत सामाग्री हस्तान्तरण गरेर फर्कने गरेकोले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले पुग्न नसकेको बताए । नेपाल रिटर्नी एशोसियसनका अर्का सचिव बमबहादुर विसीले अन्य दातृ संस्थाबाट १५ लाख बराबरको चामल, न्यानो सिरक लगायतका राहत सामाग्री व्यवस्थापन गरी कुसे गाउँपालिकाका विभिन्न वडामा वितरण गरी रहेको बताए ।

प्रतिक्रिया