कांग्रेस एक्लै निर्वाचन लड्छ

अर्घाखाँची । नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै लड्ने महामन्त्री गगनकुमार थापाले बताएका छन् । चुनाव हारे पनि, नेपालका सबै कम्युनिस्टहरु सवै एक भए पनि, पार्टी एक्लै लड्छ भन्दै नेता थापाले नेपाली जनतामा नेताहरु निर्वाचनका लागि जे पनि गर्छन्, भन्ने परेको छ अब भ्रष्टचारीलाई जहाँ गए पनि जो भए पनि छोड्नु हुन्न, पार्टी सम्मालियर अगाडी बढ्नु पर्ने बताए ।

नेपाली कांगे्रस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनको सन्धिखर्कमा उद्घाटन गर्दे नेता थापाले यस्तो बताएका हुन् ।
देशका मुख्य उपलब्धी कांग्र्रेसको नेतृत्वमा भए पनि बिगतमा धेरै गल्ती गरेको स्वीकार गर्दे अब फेरी पनि पार्टी जिम्मेवार भयर पार्टी भित्रका कमि कमजोरीलाई हटाउदै कांग्रेस अगाडी नवढे फेरी देशमा अर्को समस्या आउने थापाले बताए ।

पुर्व स्वास्थ्य मन्त्री समेत रहेको थापाले भने, ‘नागरिकमा आक्रोस देखिएको छ, मानिसहरु यतिबेला साच्चिकै आतिएका छन्, यती बेला सरकारले नागरिकलाई म छु हामी छौँ भनेर केही गर्नु पर्ने बेला आएको छ, अब नागरिकलाई निःशुल्क उपचार गर्ने कानुन बनाई अगाडी बढ्नुपर्ने र जनताको पक्षमा काम गरे आगामी निर्वाचन कांग्रेसकै पक्षमा हुने छ ।’

अब गल्तीको भारी ब्यवस्था र आस्थालाई बोकायर नहुने, भन्दै थापाले भने, ‘अहिले देशको मुख्य समस्या बेरोजगारी र गरिबी हो, जहाँ समस्या छ त्यही उपचार गरेर अगाडी बढ्नु पर्छ, बिगत २० बर्षदेखि प्रमुख राजनैतिक दलमा एउटै नेतृत्व छ, अब प्रणाली र पद्धती नै बदल्नु पर्छ, निर्वाचन प्रणाली बारे पनि छलफल गर्नुपर्छ, संघीयतालाई गलत ब्यख्या गरियो, अब अधिकार र आकार संघको सरकार भन्दा तलका सरकारको बढाउनु पनर्छे, निर्वाचन प्रणाली, संघीयता बारे छफल गर्नुपर्छ, ब्यबस्था गलत छैन अधिकार बिनाको संघीयताले समस्या भएको हो ।’

नेपाली कांगे्रस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनको सन्धिखर्कमा उद्घाटन गर्दे नेता थापाले यस्तो बताएका हुन् । अर्घाखाँचीमा जतिबेला पनि चुनाब हुन सक्ने संकेत गर्दे बिगतका सवै बिषयलाई समिक्षा गर्दे सवै नेता कार्यकर्ता एक भयर लाग्न आग्रह गरे ।
नेपाली कांग्रेसका केन्दि«य सदस्य तथा प्र्रतिनिधिसभा सदस्य चन्द« भण्डारीले ब्यवस्थाप्रति जनताले प्रश्न गरेकोले अब सवै सचेत भयर अगाडी बढ्नु पर्ने बताए ।

सम्मेलनको शुभकामना दिर्दे पुष्पा भुसाल, मानबहादुर बिक, लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुन, पार्टी केन्द्रिय सदस्य चन्द« केसी नयनसिँह महर, लगायतले पार्टी नेतृत्व अव जिम्मेवार भयर अगाडी बढ्नुपर्ने बताए ।

प्रतिक्रिया