नवौं उद्योग दिवस : राैतहटमा २० जना सम्मानित

राैतहट । नवौं उद्योग दिवसकाे अवसरमा राैतहटमा २० जना उद्यमी सम्मानित भएका छन् । ‘स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान’ नाराका साथ देशैभर नवौं उद्योग दिवस मनाउने क्रममा यहाँ पनि मनाइएको छ । साे अवसरमा उद्यम विकासको क्षेत्रमा सहयोगी भुमिका खेलेकोमा ती उद्यमीहरूलाई सम्मान गरिएको हाे । शनिबार नवाैं उद्योग दिवसकाे अवसरमा घरेलु तथा साना उद्योग कार्यालय रौतहटले विभिन्न कार्यक्रम गरि मनाएको हाे ।

साे कार्यक्रम घरेलुु तथा साना उधाेग कार्यालय गाैर राैतहटका प्रमुख जयकान्त झाको अध्यक्षतामा भएको कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह प्रमुख आतिथीकाे रूपमा रहेका थिए । कार्यक्रममा आफनाे मन्तव्य राख्ने क्रममा मेयर साहले स्थानीय निकायबाट विभिन्न तालिम सञ्चालन गरि युवाहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरेको बताए ।

त्यस्तै कार्यालय प्रमुख झाले आफू यस कार्यालयमा आए देखि जिल्लामा विभिन्न किसिमका तालिमहरु दिएर युवा, किशोरी तथा महिलाहरुलाई आत्मनिर्भर बनाएको बताए । कार्यक्रममा उत्कृष्ट उद्यमी/ व्यवसायीहरुलाइ नगर प्रमुख साह र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले खादा ओढाइ प्रमाणपत्र वितरण गरे ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया