धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

काठमाडाैं । कैलालीको धनगढी बजारमा भीषण आगलागी भएको छ । धनगढीको मुख्य बजार रहेको सारथि अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायत ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुल्दीप चन्दले जानकारी दिए । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने नभएको उनले बताए ।

प्रतिक्रिया