रुपन्देहीको देवदह भलुहीमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गम्भीर र मध्यम घाइते भएहरुको विवरण यस्तो छ–

१. दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, टाउकोमा चोट, अवस्था सिरियस ।


२. सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीया रिखि साहु, टाउकोमा चोट, अवस्था सिरियस ।


३. रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने, छाती र दायाँ घुँडामा चोट, अवस्था मध्यम ।


४. रोल्पाको गंगादेव–२ बस्ने २४ वर्षीय भिम ओली, टाउकोमा चोट, अवस्था मध्यम ।


५.सल्यानको कपुरकोट–१ बस्ने ११ वर्षीय प्रेम रावत, टाउकोमा चोट, अवस्था मध्यम ।


६. दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी, निधारमा चोट, अवस्था मध्यम ।


७. नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २१ वर्षीया संगिता मोक्तान, निधारमा चोट, अवस्था मध्यम ।

प्रतिक्रिया