आज सुनुवाइ हुन भनिएको रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । आज सुनुवाइ हुन भनिएको नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्य रेशम चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ ।

कैलालीको टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको बताइएको छ । निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालतबाट सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले ३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए ।

चौधरी रिहा भएलगत्तै कैलालीको टीकापुर घटनामा मारिएका तत्कालीन इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा कठायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया