जाजरकोट केन्द्रविन्दु भएर फेरि भुकम्प : आठबिसकोटमा थप एक जना घाइते

आठबिसकोट । फेरि जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि रुकुम पश्चिममा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।

भुकम्पबाट आठबिसकोटमा एक जना घाइते भएका छन् । आज भर्खरै गएको भूकम्पमा परी आठबिसकोट १२ का एक जना घाइते भएको जनाइएको छ ।

थप विवरण आउन बाँकी रहेको छ । सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसस गरिएको थियो ।

प्रतिक्रिया