आठबिसकोट । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पले रुकुम पश्चिमको आठबिसकोटमा ठूलो क्षति भएको छ । जाजरकोटको नगलगाढ नगरपालिका र आसपासका क्षेत्रमा धेरै क्षति भएको प्रहरीले जनाएको छ ।
भूकम्पको क्षति र उद्धारबारे तत्काल राहत , उद्धारकर्ता , औषधि र स्वास्थ्यकर्मी को आवश्यक रहेको आठबिसकोटका नगरप्रमुख रवि केसीले जानकारी दिए । उनले भने गएराति भुकम्पले हाम्रो नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । एउटै वडामा २२ जनाको ज्यान गएको छ । ४० जना घाईते हुनुहुन्छ्। केहि वडाहरुमा रातभर लगाएर घाइतेको उद्धार भएपनि सबैजसो वडाहरुमा घर भत्केकाले घाइतेहरुको उद्धार हुन सकेको छैन । हामी उद्धारमै खटिएका छौँ।
नगरपालिकामा ३०/३५ जनाको मृत्यु भएको खबर आएको छ । अब उज्यालो भएपछी मात्रै मृतकको पुष्टि हुने केसीले बताए । उनका अनुसार वडा नम्वर १४ मा सबैभन्दा बढी क्षति भएको छ । भुकम्पका कारण आठबिसकोटका अधिकांश घरहरुमा पुर्ण क्षति भएको जानकारी दिए ।
आठबिसकोट नगर अस्पतालमा उपचाररत ३५ जना घाईते मध्ये केहिको अवस्था गम्भिर भएकोले तत्कालै रेफर गर्नुपर्ने र उपचारका लागि जनशक्ति र औषधि लगायत राहतको अभाव भएको केसीको भनाई छ ।
रुकुम पश्चिम
प्रतिक्रिया