धोबिनी र पकाहामैनपुर गाउँपालिका अधिकृतविहिन, कामकाज ठप्प

पर्सा । पर्साको दुई वटा गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृत नभएपछि समस्या भएकाे छ । जिल्लाको धोबिनी गाउँपालिका र पकाहामैनपुर गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको सरुवा भएपछि गाउँपालिकाको कामकाज ठप्प भएपछि जनताहरु मारमा परेका छन् ।

गाउँपालिकाको कामकाज र विकास निर्माणको कामहरु रोकिएकाले समस्या देखिएको हो । धोबिनी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नावाज हुसेनको सरुवा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र पकहामैनपुर गाउँपालिकामा कार्यरत राज कुशवाहाको सरुवा जिल्ला समन्वय समिति पर्सामा भएको छ ।

नवाज हुसेन र कुशवाहाको सरुवासँगै गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृतविहिन बनेको स्थानीयहरुको गुनासो छ । राजनीतिक खिचातानी र जनप्रतिनिधिकोको भागबण्डा आपसी विवादको कारण कुनै प्रमुख प्रसाशकिय अधिकृतहरु गाउँपालिकामा बस्न समस्या देखिएको छ ।

अहिलेसम्म संघीय मामिला तथा समान्य प्रसाशन मान्त्रालयबाट नयाँ प्रमुख प्रसाशकिय अधिकृतहरु नआएको कारण दुईवटै गाउँपालिकाको जनताहरुको काम काज र विकास निर्माणको काम थप भएकोले स्थानीयहरुमा समस्या देखिएको छ ।

प्रतिक्रिया