जेरुसेलम । मंगलबार गाजामा युद्धका क्रममा ९ जना इजरायली सैनिक मारिएको सेनाले जनाएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कूल संख्या तीन सय २६ पुगेको छ ।
सेनाका अनुसार मंगलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी आतंकवादी संगठन हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजरायली सेना युद्धमा होमिएको छ ।
प्रतिक्रिया