प्रेसर हर्न निकाल्दै रौतहट ट्राफिक प्रहरी

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारीसाधनमा जडित प्रेसर हर्न हटाउने अभियान थालेको छ ।

सामान्य हर्न भन्दा चर्को आवाज निकाल्ने प्रेसर हर्नका कारण ध्वनी प्रदुषण समेत बढ्ने र सवारी चालकलाई समेत असहज हुने भएकाले प्रेसर हर्न हटाउन थालिएको जिल्ला ट्राफिक प्रहारी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।

अभियान थालेको ३ दिनमा २ सय सवारीसाधन बाट ३ सय ५० थान प्रेसर हर्न हटाइएको प्रमुख आचार्यले जानकारी दिए । यता ट्राफिक कार्यालय र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले सवारी साधन चेकजाँचलाई तिव्रता दिएको छ ।

ट्राफिक नियम विपरित सवारी चलाउनेहरुलाई जरिवना तथा कारबाही समेत गरिँदै आएको छ । ट्राफिक नियम उलंघन गरेर मोटरसाईकल चालउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइ ट्राफिक नियमका विषयमा जानकारी दिई जरिवना गरेर छाडिए‌को जिल्ला ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले पछिल्लो समय ट्राफिक नियम उलंघन गरेर सवारी चलाउनेमाथि कारबाही प्रकियालाई तिव्र बनाएको छ । ईलाका प्रहरी कार्यलय चन्दनिगाहपुरको समन्वयमा पछिल्लो समय ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारी चेकजाँच गर्दै आए‌को छ ।

प्रतिक्रिया