बहुराष्ट्रिय कम्पनीका खाद्य पदार्थ हानिकारक

लोकनारायण सुवेदी

आजको आधुनिक भनिने गरेको युगमा मानिसको जीवन यसरी भागदौडमा परेको छ कि त्यसले गर्दा हामीले आफ्नो खानपिनका बारेमा उत्तिको ध्यान दिने गरेका छैनौँ, जति हामीले स्वास्थ्य रहनका लागि दिनुपर्ने हो । अझ चाडबाडका बेला त समस्या अझ बढ्छ । त्यसैले अचेल हाम्रो स्वास्थ्यमा कुनै न कुनै कठिनाई उत्पन्न हुने र बढ्ने गरेको छ ।
दैनिक खानामा हुनुपर्ने आवश्यक पौष्टिक तत्वको कमीका करणले पनि प्रायः मानिसहरू बिमारी पर्ने गरेका छन् । डाक्टरहरूले पनि ताजा र शुद्ध खाने कुरा खान सल्लाह पनि दिने गर्दै आएका पनि छन् । यसका अतिरिक्त हाम्रा भोजन ‘हेल्थ फुड’मा आधारित हुनुपर्ने पनि कतिपयले सल्लाह दिने गर्दछन् । यस्तो बेलामा आफ्नो स्वास्थ्यको चिन्ता गर्दै हामीहरूमध्ये अधिकांश सहरिया भइटोपलेकाहरू बजारमा कथित ‘हेल्थफुड’नाममा पाइने गरेका खाद्य पदार्थहरू किन्ने होड गर्ने गर्दछौँ । तर यहाँ के प्रश्न खडा हुन्छ भने ‘हेल्थफुडका नाममा बिक्ने गरेका डिब्बा या बन्द या सिलबन्द उत्पादनहरू हाम्रो शरीर र स्वास्थ्यका लागि स्वास्थ्यकर छन् त ?

खाद्यसम्बन्धी अध्ययन र अनुगमन गरिराखेका विभिन्न विश्लेषकहरूले भन्ने गरेका छन् कि बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूले बजारमा एउटा यस्तो मायाजाल बनाएका छन्, जसको जालमा मानिसहरू सजिलै फस्ने गरेका छन् । ती बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना उत्पादनहरूलाई कथित ‘हेल्थ फुड’ आवरणमा उपभोक्ताहरूमा त्यसको लत बसाउन सफल हुने गर्दछन् । जनसाधारणहरू पनि ती कम्पनीहरूको आकर्षक विज्ञापन र प्रभावकारी मार्केटिङको प्रभावमा सजिलै परिहाल्छन् । यस्तो स्थितिमा फेरि पनि के प्रश्न उठ्दछ भने जुन खाद्य तत्व हामीलाई चाहिन्छ या जुन चीजमा हामीले पहरेज राख्नुपर्ने हुन्छ ती कुराहरू यो कथित ‘हेल्थ फुड’मा होला त ? के बजारमा नाफाका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएर ती कम्पनीहरूले ‘जंक फुड’ हामीलाई भिडाइरहेका र तिनको लत बसालिरहेका त छैनन् ? त्यस्ता उत्पादनहरूको सेवनले गर्दा हाम्रो स्वास्थ्य राम्रो हुनुको साटो अझ खराब हुन पुग्छ ।

डाक्टरहरूले पनि ताजा र शुद्ध खाने कुरा खान सल्लाह पनि दिने गर्दै आएका पनि छन् । यसका अतिरिक्त हाम्रा भोजन ‘हेल्थ फुड’मा आधारित हुनुपर्ने पनि कतिपयले सल्लाह दिने गर्दछन् । यस्तो बेलामा आफ्नो स्वास्थ्यको चिन्ता गर्दै हामीहरूमध्ये अधिकांश सहरिया भइटोपलेकाहरू बजारमा कथित ‘हेल्थफुड’नाममा पाइने गरेका खाद्य पदार्थहरू किन्ने होड गर्ने गर्दछौँ । तर यहाँ के प्रश्न खडा हुन्छ भने ‘हेल्थफुडका नाममा बिक्ने गरेका डिब्बा या बन्द या सिलबन्द उत्पादनहरू हाम्रो शरीर र स्वास्थ्यका लागि स्वास्थ्यकर छन् त ?

त्यसैले यहाँ सबैभन्दा पहिला दैनिक जीवनमा खाइने गरेका बस्तुहरूका बारेमा चर्चा गर्नु उपयुक्त होला । यस्ता खाद्य बस्तुहरू प्रायः ग्रामीण क्षेत्रमा पाइने गर्दछन् । आजकल हरेक दिनजसो बिहानको नास्ता या खाजामा ‘ब्राउन ब्रेड’ अर्थात फुस्रो रोटी खाने चलन बढेको छ । विज्ञापनका कारणले गर्दा यसलाई ‘ह्वाइट ब्रेड’को विकल्प पनि भन्न थालिएको छ । जस्तो कि नामैबाट पनि चिनिन्छ कि यो ‘ब्राउन’ या फुस्रो छ अर्थात् यो मैदाबाट होइन आटाँबाट बनेको छ । तर यथार्थमा हामी कसैले पनि राम्रोसँग नियालेर ती खाद्य पकेट हे¥यौँ भने तिनमा हामीले कहिल्यै पनि शतप्रतिशत आटा पाउने छैनौँ । तिनमा आँटोका साथै धेरै मात्रामा मैदा, चिनी, नुन, भेजिटेबल(तरकारीजन्य सागपात)बाट बनेको तेल र अन्य प्रिजभेटिभ पाइने गर्दछन् ।

यसरी विज्ञापन र प्रचारप्रसारमा दाबी गरिएकोभन्दा विपरीत किसिमले ती बनेका हुन्छन् । मैदा र चिनीबाट स्वास्थ्यलाई हुने नोक्सानी त निकैलाई थाहा पनि होला । तिनले शरीरको तौल बढाउने काम त गर्दछन् नै । त्यसमा मैदा खाने गर्दा कब्जियतको कठिनाई पनि उत्पन्न हुने गर्दछ भन्ने विज्ञहरूले बताउने गर्दै आएका छन् । अनि तिनमा राखिएका प्रिजभेटिभम्सहरूले शरीरमा क्यान्सरजस्ता रोग हुने सम्भावनाको खतरालाई बढाउने गर्दछन् । अनि यस्ता खानाहरू हाम्रो शरीरका लागि स्वास्थ्यकर र उपयोगी कसरी हुन सक्छन् र ? बजारमा अचेल कतिपय उत्पादनहरूमा कम बोसो भएको भन्ने घिउ छाप पनि ठोकेको पाइन्छ ।

यस्ता कतिपय बिस्कुट, स्न्याक्स र अन्य उत्पादनहरू पनि बजारमा ‘लो फ्याट’ घिउ जस्ता चिजबिजहरू पनि बजारमा ल्याइने गरेको पाइन्छ । अनि मानिसहरू अहो यो त खासा रहेछ भन्दै त्यसप्रति सहजै आकर्षित पनि हुने गर्दछन् । यसरी ‘लो फ्याट’को लोभमा हामीले ती उत्पादनहरूप्रति आकर्षित हुने गर्दछौँ लत बसाल्छौँ । तर सबै उपभोक्तालाई थाहा नहुन सक्छ कि यस्ता बढीजसो उत्पादनमा धेरै मात्रामा चिनी प्रयोग गर्ने गरिन्छ । यसका साथै यसमा ‘फ्याट’ अर्थात बोसो पनि हुन्छ । त्यसको विकल्प दिनका लागि केमिकलद्वारा प्रशोधित तत्वहरू पनि हालिने गर्दछन् । ती केमिकल तत्वहरूको मानिसको शरीरमा अत्यन्तै खराब असर पर्दछ । सम्भव भएसम्म यस्ता चीजहरूबाट बच्नु पर्दछ ।

अचेलका मानिसहरू खासगरेर युवाहरूमा नयाँ पेयको माग बढ्दै नै गएको छ । त्यो माग हो ‘इनर्जी ड्रिंक’ । आकर्षक विज्ञापनका आडमा युवाहरूमा यस्तो ‘इनर्जी ड्रिंक’ लत बसालिँदै लग्ने काम निरन्तर भइरहेको छ । विज्ञहरू भन्दछन् – त्यसमा क्याफिन रहेको हुनाले युवाहरूलाई यो पिउँदा एकै छिन ताजा भएको महसुस अवश्य होला । यसमा धेरै मात्रामा चिनीकासाथै अन्य केमिकल्स (रासायनिक पदार्थहरू)हरू पनि मिसाइएको हुन्छ । ती हाम्रो शरीर र स्वास्थ्यका लागि नोक्सानदायी हुन्छन् ।

साथै यो ‘इनर्जी ड्रिंक’मा ‘हाइ ग्लुकोज कर्न सिरप’ पनि प्रयोग गरिने गरिन्छ जसले हाम्रो शरीरमा तीव्रताकासाथ बोसो(फ्याट) पैदा गरिदिन्छ । यसैगरी बजारमा अचेल ‘प्रोटिन बार र प्रोटिन सेक’ को माग पनि बढ्दै गएको बताइन्छ । यसको नामैले पनि थाहा हुन गयो कि यो प्रोटिनको विकल्पमा तयार गरिएको सामग्री भन्ने दाबी गर्ने गरिएको होला । तर सबैलाई थाहा भएको या नभए पनि विज्ञहरूले बताउने गरेको यथार्थ कुरा हो कि शुद्ध र पौष्टिकभोजन पाएमा कसैलाई पनि अतिरिक्त प्रोटिनको कुनै आवश्यकता नै पर्दैन ।

त्यसमा पनि अधिक मात्रामा प्रोटिन लिइनु पनि मानिसको स्वास्थ्यका लागि हानिकारक सावित हुनसक्छ । यसरी बढी प्रोटिन लिनुपर्ने भएमा खेलकुदमा बढी लाग्नेहरू र भारवहन गर्नेहरूले त्यो पनि चिकित्सकको उचित सल्लाहमा मात्र लिइनुपर्ने मान्यता अहिले विकसित भइसकेको छ । यदाकदा अपवादबाहेक आमसर्वसाधारणले यसरी अतिरिक्त प्रोटिन लिनुपर्ने आवश्यकता पर्दैन ।

कतिपयलाई त थाहा भएकै कुरा पनि हो कि कोरोना कालमा लकडाउन भएर बाहिर निस्कन नपाउँदा घरमा बसेर खाना त खानै पर्दथ्यो । लामो समयसम्म घरको शुद्ध र प्रायः सात्विक खाना खाँदा धेरै मानिसहरूको शरीर स्वस्थ रहन थालेको थियो । अन्य रोगहरू त्यसबेला प्रायः नबढ्नु र भएका रोगहरू पनि कमजोर भएर जानु त्यही शुद्ध र सात्विक भोजनकै कारण रहेको विज्ञहरू बताउँदछन् । किनकि त्यतिबेला मानिसहरूले कोरोनाका डरले बजारका कुनै खाद्य बस्तु पनि प्रयोग गर्ने गर्दैनथे । केबल घरमै बनेका खाद्य पदार्थ खाइरहेका थिए ।

कसैलाई बजारमा खाने बस्तुको तलतल लागे पनि त्यो समेत त्यतिबेला घरमै बनाउने गरिन्थ्यो । हुन त त्यस्तो महामारी फेरि कहिल्यै नआओस् । तर कोरोनाको डरले जुन घरेलु खाना खान त्यसले बाध्य तुल्यायो त्यसबाट मानिसहरूको स्वास्थ्यमा सकारात्मक र स्वस्थ प्रभाव देखियो र यो कुरा धेरै मानिसहरूका लागि वरदान सावित भयो । यी सबै कुराबाट हामीले घरमा बनेको शुद्ध र ताजा खानामै जोड दिनु र नियमितरूपमा खानु पर्दछ, बहुराष्ट्रिय नाफाखोर एजेन्सीहरूको आकर्षक विज्ञापनको मायाजालमा फँसेर अस्वस्थकर र रोग निम्त्याउने तथा बढाउने खाना खानु हुँदैन भन्ने कुरा एकदमै प्रष्ट छ ।

प्रतिक्रिया