काठमाडौं । शिवम् सिमेन्टका भि.पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । उनी गत कात्तिक ३ गते ब्राण्डम्यान इण्डिया पिआर–प्रमोशनद्वारा आयोजित अवार्ड कार्यक्रममा श्री महात्मा गान्धी राष्ट्रिय अभिमन पुरस्कार २०२३ बाट सम्मानित भएका हुन् ।
अग्रवाल शिवम् सिमेन्टको स्थापना कालदेखि नै निरन्तर कार्यरत छन् । ब्राण्डम्यान इण्डिया पिआर–प्रमोशनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ ।
यसको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।
ब्राण्डम्यान इण्डिया पिआर–प्रमोशनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गर्दछ ।
प्रतिक्रिया