‘परम्परागत संस्कृतिको जगेर्नाको लागि सामाजिक जागरण आवश्यक’


प्युठान । प्युठान जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिसीले परम्परागत संस्कृतिको जगेर्नाको लागि सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । परम्परागत एवं ऎतिहासिक संस्कृतीको जगेर्ना गर्न हामीले लगाउने यस्ता मेला महोत्सवले सकारात्मक भुमिका खेल्ने बताएका छन् । फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमको उद्घाटनको क्रममा प्रमुख अतिथि समेत रहेका जिसीले परम्परागत संस्कृतिको जगेर्ना र प्रबर्द्धनको लागि सामाजिक सांस्कृतिक जागरण आवश्यक रहेको बताएका हुन्।

त्यस्तै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल पौराणिक कला संस्कृती नै हामीलाई एकतामा बाधेकोले यस्ता कला संस्कृतिलाई थप परिस्कृत गर्दै लैजानुपर्ने बताए ।

एक फरक प्रसङ्ग उपाध्यक्ष पोख्रेलले जिल्लाको अति ब्यस्त तथा महत्त्वपूर्ण बाग्दुला(भिमगिठ्ठे सडकको काममा सरकार जिम्मेवार नहुदा काम हुन नसकेको आरोप लगाएका छन् । सडक दायाँबायाँ पर्ने जग्गाको मुआब्जाको बिषयमा केहि स्थानिय तहहरुले काम ढिलो गरिदिएको कारण समेत ढिलाइ भएको उपाध्यक्ष पोख्रेलको तर्क छ ।

दशै बिशेष द्वादशी मेला कार्यक्रम २०८० मा वडामा रहेका २ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मान हुनेमा झिमरुक(६, दहखोला बस्ने वर्ष ९८ का खुमान गिरी र सोही वडाको अर्गेलीकी १०१ वर्षीय पबित्रा देबी खत्री क्षेत्री लाई दोसल्ला प्रमाणपत्र र नगदसहित सम्मान गरिएको मेला आयोजक समितीका अध्यक्ष गोपाल केसीले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा कलाकारले छमछमी नचाए

जिल्लाको झिमरुक गाउँपालिका— ६ चिसावाङ्गमा दशैको द्वादशीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्युठानी दर्शकलाई छमछमी नचाएका छन् ।

फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समिति चिसावाङ्गले आयोजना गरेको स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत आम दर्शकहरुलाई नचाएका हुन । ‘स्थानीय कला संस्कूतीको जगेर्ना गरौ परम्परागत दसै द्वादशी मेला सफल पारौ’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ।

बिहिवार बिहान स्थानीय सराय नाच मेला स्थानीयले प्रदर्सन गरेका थिए भने दिउँसो स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहेको अध्यक्ष केसीले बताए।

४ वर्ष विविध कारणले रोकिएको फुलबार ी द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमलाई हामीले यस वर्षबाट निरन्तरता दिने आर्थिक समितीका संयोजक हरिहर पोख्रेलले जानकारी दिए । आर्थिक स्रोत नभए पनि गाउँपालिका, व्यावसायी, स्थानीय बजार तथा गाउँबासी, शुभचिन्तकहरु संग हातेमालो गरेर आर्थिक ब्यबस्थापन गरी यस वर्ष कार्यक्रम संचालन गरेको र अर्को वर्ष झन व्यापक बनाउने योजना रहेको पोख्रेलले बताए।

कार्यक्रममा लोक तथा दोहोरी गायक ऋषि खड्का, गायक मोहन नेपाली, मोडल निरु मगर, हास्यकलाकार मेरि बास्सैका लेखान्त भुसाल (घिरौले), नायक तथा मोडल बिजय केसी, प्युठान आइडल बिजेता तथा डान्सर बिरा मगर, गायिका जमुना पुन मगर, कोरियोग्राफर लिलाधर भट्टराई ( लिगेस ) लगायत स्थानीय नेवार समुदायको संस्कृति झल्कने सामुहिक नृत्य र दर्जन भन्दा बढि स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया