पर्सा । विजयादशमी को अवसरमा पर्साको पोखरियामा आज बिसाल कुस्ती दंगल प्रतियोगिता विहीबार सम्पन्न भएको छ । प्रतियोगिताको उदघाटन पोखरिया नगरपालिका का मेयर प्रधुमन प्रसाद चौहान र पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी ले संयुक्त रुपामा उदघाटन गरेका थिए।
पोखरिया नगरपालिकाको वडा नं ४ ले आयोजना गरेको कुस्ती दंगल प्रतियोगिता पोखरिया मा रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मावीको चौरमा भएको थियो।
नव दुर्गा पूजा समिति र पोखरिया वडा नम्बर ४ को आयोजनामा कुस्ती दंगल प्रतियोगिता वडा अध्यक्ष लक्ष्मण साह कानू को अध्यक्षतामा सम्पन्न भएको हो। हजारौ को संख्या मा जन सहभागिता रहेको यो कुस्ती दंगल प्रतियोगिता मा भारत नेपाल का पहलवानहरुले कुस्तीमा भाग लिएका थिए।
प्रतिक्रिया