एभरेष्ट बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०.५३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २९औँ वार्षिक साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९–८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको हो ।

साधारण सभाले सेयरधनीहरुलाई आ.व २०७९–०८० का लागि १० प्रतिनिधि बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश बोनस सेयरमा लाग्ने करसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.व २०८०–०८१ को लागि एन अमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया