सकियो ‘चित्रा’ को छायांकन

काठमाडौं । सन्तोष अधिकारीले निर्माण गरेको चलचित्र ‘चित्रा’ को छायांकन सकिएको छ । सन्तोष अधिकारी फिल्मस्को फिल्मस्को ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । कलाकार र प्राविधिकको मिहिनेतका कारण एक महिनामै चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।

निर्माता तथा कलाकार अधिकारीले यो चलचित्र माघेसंक्रान्तिको अवसर पारेर २७ पुसदेखि नेपाल र अस्ट्रेलियामा प्रदर्शनमा आउने छ । एक अवकाशप्राप्त बाबु र छोरीको कथा रहेको यो चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेले ‘चित्रा’ मा एक अवकाशप्राप्त बाबु र छोरीको कथालाई सुक्ष्मरुपमा उधिनिएको बताए । सामाजिक विषयवस्तुलाई यथार्थरुपमा चित्रण गरिएको यस चलचित्रमा अभिनेता सन्तोष अधिकारी, अभिनेत्री मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, प्रमोद अग्रहरी, अर्पण थापा, विनोद पौडेल, कपिल शर्मा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा एवं मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र महेश पौडेलको छायांकन छ । चलचित्रमा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्युसरमा कृष्णबहादुर थापा, कला निर्देशकमा डुकराज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेजविक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

चलचित्रमा राजनराज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले यो चलचित्रको नेपालभरको वितरणको जिम्मा लिएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार चलचित्रको अस्ट्रेलिया अधिकार अविनाश रोका मगरले लिइसकेका छन् । ‘घर’ र ‘आमा’ चलचित्रका सह–निर्मातासमेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया