रुकुम पश्चिम । एनपि स्टार मिडिया प्रालिद्वारा सञ्चालित ताजा पत्रिका डटकम छैठौँ वर्षमा प्रवेश गरेको छ । समाचार सधैं ताजा भन्ने मुल मन्त्रका साथ २०७५ सालमा सञ्चालनमा आएको न्युज पोर्टलले आफ्नो प्रकाशनको पाँच वर्ष पुरा गरेर छैठौँ वर्षमा प्रवेश गरेको हो ।
पत्रिकाले खोजमुलक सामग्री पाठक माझ ल्याउँदै आएको छ । आफ्नो प्रकाशनको छैठौँ वर्षसम्म आइपुग्दा विभिन्न चुनौतीका चाङहरु चिर्न सफल भएको प्रधान सम्पादक अर्जुन िवष्टले जानकारी दिए।
उनले भने, ‘निकै कस्ट र सकसको यात्रा तय हुँदै आज छैठौँ वर्षमा प्रवेश गरेका छौँ, सत्य तथ्यमा रहेर हामीले सधैं पत्रकारिताको आधारभुत सिद्धान्तभित्र रहेर समाचार प्रकाशन गर्दै आएका छौँ, यो सुखद् अनुभूति आम पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी पुलंकित भएका छौँ ।’
सम्पादक विष्टले ताजा पत्रिकालाई यो स्थानसम्म ल्याउन सहयोग गर्ने सम्पुर्ण पत्रकार, कर्मचारी, विज्ञापनदाता, टेक्निकललगायत सम्पूर्ण पाठकलाई धन्यवाद दिँदै जनपक्षीय पत्रकारितामा आफूहरु कतैपनि नचुकेको बताए । ‘जनताका पक्षमा हामीले सशक्त रुपमा कलम चलाएका छौँ, जनमुखी र खोज मुलक समाचारमा हाम्रो यात्रा निरन्तर अघि बढ्ने छौँ’, विष्टले भने ।
प्रेस विज्ञप्ति
प्रिय पाठकहरु
२०७५ साल असोज २६ गते नेपाली पत्रकारिताको क्षेत्रमा केही फरक गर्ने सोचले समाचार सधैं ताजा भन्ने मुल मन्त्र सहित नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा दर्ता भएको ताजा पत्रिका डटकमले छैटौं वर्ष प्रवेश छ ।
हामी छैठौँ वर्षमा प्रवेश गरेको खबर सुनाउँन पाउँदा हामी हर्षित छौँ । यस अवसरमा हामी हाम्रा समस्त पाठक, श्रोता, दर्शक, विज्ञापनदाता, समाचारदाता, स्तम्भकार, सुभेच्छुक, सुभचिन्तक एवम् सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्न चाहन्छौँ । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षीय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न ताजा पत्रिका उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ ।
प्रारम्भदेखि नै ताजा पत्रिका ले मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा पहरेदार बन्नुका साथै स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गर्दै समाचार र विचार प्रस्तुतिमा निष्पक्षता अँगाल्दै आएको छ ।
विभेद र उत्पीडनमा परेका र पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै गरिब, उपेक्षित र सीमान्तकृत जनताको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । त्यसमा पनि स्रोत र साधनको अभावका बीच मोफसलमा रहेर अनलाइन पत्रिका सञ्चालन गर्न त झनै सजिलो होइन । तथापि अनेक चुनौतीहरुको सामना गर्दै हामी यसलाई निरन्तरता दिन र धेरैभन्दा धेरै पाठकरदर्शक समक्ष पुर्याउन लागि रहेका छौं ।
पाठकरदर्शकले दिनुभएको प्रेरणा र हौसलाबाट नै यति छोटो अवधिमा हामि पूर्वको लोकप्रिय अनलाइनको रुपमा स्थापित हुन सफल भएका छौँ ।
थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको ताजा पत्रिका सुरुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर नयाँ बुलन्दले दुई वर्षसम्म संघर्षका असंख्य पाइलाहरु पूर्वेली समाजको हाइवेमा दर्ज गरिरह्यो । संचार विस्फोटको आजको युगमा छापा, टेलिभिजन, रेडियो लगायतका परम्परागत मिडियाको हुलमा ताजा पत्रिका अनलाइन मिडिया पनि दर्जनौंको संख्यामा मिसिन आइपुगेको छ । विविध चुनौतीलाई सामना गर्दै नयाँ हामीले जनताको सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौँ । यसबाट हामी थप उत्साहित भएका हौँ ।
हामी कुनै प्रकारका प्रलोभन, लालच र पैसाको असरमा परेर परम्परागत शक्तिको खेलमा कुनै प्रकारको मोहरा बन्ने छैनौँ । समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू निरन्तर बुलन्द गरिरहने छौँ ।
प्रकाशक– सम्पादक
अर्जुन विष्ट
ताजा पत्रिका
प्रतिक्रिया