थलारा– ९ का भूकम्प पीडितलाई राहत वितरण

बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिकाका– ९ का भूकम्प पीडित परिवारहरूलाई राहत सामग्री वितरण गरिएको छ । यूनाईटेड मिसन टू नेपाल (युएमएन) को आर्थिक सहयोग र प्रगतिशील युवा समाजको साझेदारीमा बुधबार र बिहीबार भूकम्प प्रभावितहरुलाई राहत वितरण गरिएको हो ।

वडा नम्बर ९ को चित्रु, फकाली,अफ्ला र जडारका करीव दुई सयभन्दा बढी घरपरिवारलाई राहत वितरण गरीएको वडा नम्बर ९ का वडाध्यक्ष लोकेन्द्र विष्टले बताए । वडाध्यक्ष विष्टका अनुसार यही असोज १६ गते आएको बिनासकारी भूकमका कारण यस वडाका करीव चार सयभन्दा बढी अधिकांश घरहरुमा क्षति भएका थिए । कतिपय स्थानीयहरु भूकम्पको त्रासको बिचमा पनि जोखीमपूर्ण घरमा बसिरहेका थिए ।

ती जोखीमपूर्ण घरमा बसिरहेका व्याक्तिहरुलाई प्रगतिशिल युवा समाज यूएमएन र वडा कार्यालयको समन्यमा राहतस्वरुप ब्लांकेट, त्रिपाल, पिफम वितराण गरिएको र यो राहतले गर्दा भूकम्प प्रभावितहरुलाई राहत भएको वितरकले जनाएका छन् ।

भूकमपले गर्दा आफ्नो घर चिराचिरा परेको र रातिको समयमा भूकम्पको डरले बाहिरै सुत्नुपरेको स्थानीय मुञ्जुदेवी खड्काले बताइन् । खड्काले यस्तो विपद्को बेला केन्द्र सरकार प्रदेश सरकारभन्दा संघ सस्थालबाट ठूलो राहत मिलेको र आफूलाई पनि केही सहज भएको बताइन् ।

त्यस्तै अर्की स्थानीय धौलीदेखी विष्टले साझ आफू खाना पकाइरहको बेला भूकम्प गएको र भूकम्पको त्रासले अहिले घरभन्दा बाहिरै खाना पकाउने गरेको बताइन् । भित्र पसे मरिन्छ, की भन्ने डर भइरहेको बेला संस्थाले ब्लांकेट पिफम, त्रिपाल दिएपछि आफूलाई निक्कै सहज हुने उनले बताइन् ।

प्रतिक्रिया