भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, नेपाललाई छैन जानकारी

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शन गर्न भन्दै बिहीबार बिहान अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र पुगेका छन् । नेपाललाई कुनै जानकारी निदइकनै माेदी कालापानी क्षेत्र पुगेका हुन् । भारतले प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक जानकारी नदिइएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।

हेलिकप्टरबाट मोदी साढे ८ बजे अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङकोङ उत्रिएका थिए । मोदीले जोलिङकोङमा पूजापाठ र कैलाश पर्वतको दर्शन गर्नेछन् ।

कैलाश दर्शनपछि चुच्चे नक्सामा समेटिएको नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङ गाउँवासीसँग सामान्य छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया