जहाँ गए पनि दुःख त गर्नुपर्छ । नेपालीलाई विदेश पलायन हुन धकेल्ने सरकार पनि हो । सरकार रेमिट्यान्समा लोभिएको छ । तर, त्यसले नेपाललाई पु¥याएको घाटा सरकारले अनदेखा गरेको छ । नेपाली विदेश भाँसिदा मुलुकको हरेक क्षेत्रलाई नोक्सान भएको छ । देशका लागि केही गर्न सक्ने दक्ष जनशक्ति सबै बाहिर छन् । अनि नेपाल पछाडि पर्नु त स्वाभाविकै भयो
नेपालीहरू बिदेसिने क्रम ह्वात्तै बढेको छ । सरकारले रेमिट्यान्सका लागि नेपाली जनता विदेशीलाई बेचिरहेको छ, आफन्तले पैसाका लागि । सरकार नै जनता बेच्न तल्लिन छ । जनतालाई जसरी हुन्छ विदेश पठाउने र उनीहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र चलाउने । रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिएको छ भन्ने स्पष्ट छ । नेपालीले विदेशमा चर्को घाममा खटिएर पठाएको पैसामा राज्य सञ्चालकहरूले मोजमस्ती गरिरहेका छन् ।
राज्य सञ्चालक र सरकारी कर्मचारीका सेवासुविधा, तलबभत्तालाई ठिक्क भएको छ, रेमिट्यान्स । नेपालीको श्रममा टाठाबाठाहरूले मोज गरिरहेका छन् । यता, विदेश पुगेका नेपालीका आफन्त पनि बसीबसी खाइरहेका छन् । उताबाट एउटाले मरिमरि कमाएर पठाउँछ, यहाँ बसेर पूरै परिवारले मोज गर्छ । कति नेपाली विदेश गए ? गएकामध्ये कति फर्किए ? कतिले नेपालको नागरिकता त्यागेर त्यहीँको नागरिकता लिए ? कति कफिनमा फर्किए ? कति विदेशी जेलमा छन् ? यसको तथ्यांक सरकारसँग छैन । नेपालको जनसंख्याको आधा हिस्सा त विदेशमा छ । अमेरिका, युरोपदेखि खाडीसम्म नेपाली पुगिसकेका छन् । रोजगारी र पढाइको सिलसिलामा नेपाली हरेक देश पुगेका छन् । तर, तिनलाई नेपालमै रोक्न सरकारसँग कुनै योजना नै छैन् ।
पछिल्लो केही समययता विभिन्न देशबीच भिडन्त भइरहेको छ । एउटा मुलुकले अर्को मुलुकमाथि आक्रमण गरिरहेको अवस्था छ । कुनै देशमा पूरा आर्थिक मन्दी छाएको छ । नेपालीहरू काम नपाएर अलपत्र परेका छन् । मुलुकहरू बीच देखिएके तनावमा नेपाली फसेका छन् । उनीहरू असुरक्षित बनेका छन् । इजरायलमा भएको आक्रमणमा १० जना बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।
राज्य भनेको जनताको अभिभावक हो । अभिभावकले जहिले पनि आफ्नो सन्तानलाई जोगाउँछन् । तर, नेपाल सरकार ठ्याक्कै उल्टो छ । जसरी हुन्छ, नेपालीलाई विदेश पठाएर रेमिट्यान्स चाहिएको छ । सरकारले मुलुकमा सानोतिनो पेसा व्यवसाय, रोजगारी गरेर जीविकोपार्जन गर्ने व्यवस्थासमेत मिलाउन सकेन । जसका कारण आज करोडौँ नेपाली विदेशी भूमिमा आफ्नो रगतपसिना बगाइरहेका छन् ।
खाडी मुलुक जानका लागि नै पाँच लाख रुपैयाँसम्म लाग्छ । अमेरिका, अस्टे«लिया जानका लागि त ३०औँ लाख रुपैयाँ खर्च गर्नुपर्छ । त्यो पैसा नेपालमै रोक्न सक्नुपथ्र्यो । विडम्बना, सरकारले त्यति पनि गर्न सकेन । यहीँ लगानी गर, यही व्यापार व्यवसाय गर, भनेर सरकारले सिकाउन नै सकेन । एउटा चिया पसल खोले पनि त आम्दानीको स्रोत हो । त्यो पनि रोजगारी नै हो । जनताले एउटा सानो चिया पसल दर्ता गरे पनि राज्यलाई राजस्व आउँछ । लाखौँ रुपैयाँ खर्च गरेर बाहिरिनुकोे साटो यहाँ थोरै लगानीमा तरकारी पसल खोल्दा पनि नाफा हुन्छ । भारतीयहरूले नेपालमा आएर तरकारी बेचेका छन् । साइकलमा तरकारी गुडाउँदै हिँड्छन् । एक हजार रुपैयाँको तरकारी किन्छन्, बेलुका एक हजार नाफा कमाउँछन् । महिनाको ३० हजार त यही आम्दानी भइहाल्यो ।
कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन । काम सबै समान हुन्छ । विदेश गएर बोटमा पैसा फल्ने होइन । लगानी लगाएर पनि यहाँ भन्दा धेरै श्रम गर्नुपर्छ । त्यसको साटो देशमै केही गरे हुने हो । नेपालीले अमेरिका, अस्टे«लियालाई स्वर्ग ठान्ने गरेका छन् । त्यहाँ पुगेर के–के हुन्छ ? भन्ने सोच नेपालीमा छन् । कन्सल्टेन्सी, म्यानपावरले पनि देशमा केही छैन, यहाँ बस्नुहुँदैन भन्दै जनतालाई भ्रमित बनाउने कार्य गर्दै आएका छन् ।
देशमा कन्सल्टेन्सी खुल्ने क्रम बढेसँगै विदेश जानेहरूको संख्या पनि उकालो लागेको छ । आफ्नो कमाउधन्दाका लागि कन्सल्टेन्सीहरूले नेपालीलाई बेचिरहेका छन् । मुलुकको राजनीतिक अवस्था ठीक छैन, व्यापार व्यवसाय गर्ने वातावरण छैन्, पढाइअनुसारको रोजगारी छैन भन्ने छाप नेपालीको मनमा परेको छ । जुन सरासर गलत छ । गर्न चाहनेलाई नेपाल नै स्वर्ग बनेको थुप्रै उदाहरण छ ।
जहाँ गए पनि दुःख त गर्नुपर्छ । नेपालीलाई विदेश पलायन हुन धकेल्ने सरकार पनि हो । सरकार रेमिट्यान्समा लोभिएको छ । तर, त्यसले नेपाललाई पु¥याएको घाटा सरकारले अनदेखा गरेको छ । नेपाली विदेश भाँसिदा मुलुकको हरेक क्षेत्रलाई नोक्सान भएको छ । देशका लागि केही गर्न सक्ने दक्ष जनशक्ति सबै बाहिर छन् । अनि नेपाल पछाडि पर्नु त स्वाभाविकै भयो । अर्कोतिर, विदेशी मुलुकबीच देखिएको भिडन्तमा सधैँ नेपाली पिल्सिने गरेका छन् । कमाएर ल्याउँछु भनेर परदेश छिरेकाहरूले अकालमा ज्यान गुमाइरहेका छन् ।
अहिले इजरायल तनावग्रस्त बनेको छ । रोजगारीका लागि हजारौँ नेपाली इजरायल पुगेका छन् । तर, यो घटना अहिले मात्र घटित भएको होइन । यसअघि अन्य देशमा भिडन्त हुँदा पनि थुप्रै नेपालीले ज्यान गुमाएका थिए । तर, सरकारको यसतर्फ ध्यान नै जाँदैन । अझै नेपालीलाई विदेश पठाउनैतिर लागिपरेको छ । एउटा नागरिक गुमाउँदा मुलुकलाई धेरै क्षति पुग्छ । सरकारले यो कुरा कहिले बुझ्ने ? अहिले इजरायलमा घटेको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले दुःख व्यक्त गरेका छन् । यस्तो नौटंकी कहिलेसम्म गर्ने ? गोहीको आँशु झार्नुपर्दैन । प्रेस विज्ञप्ति निकालेर मरेका नेपाली फिर्ता आउँदैनन् ।
सरकारमा बस्नेहरूले मिडियाबाजी गर्नबाहेक केही जानेका छन् । आफन्त पनि जिम्मेवार हुनुप¥यो । आफ्नै देशमा काम गर भन्न सक्नुप¥यो । जति छ त्यसमै रमाऔँ भनेर सम्झाउन सक्नुप¥यो । सबै देखासिकीको पछाडि लाग्दा यो अवस्था बनेको होइन ? तैले ठूलो घर बनाउने कि मैले, होडबाजी चलेको छ । सरकार र घरपरिवार नै दलाली छ, अन्यलाई के आरोप लगाउनु ।
नेपालमा बसेर केही हुँदैन भनेर विदेश जान उक्साउने त घरपरिवार नै हुन् । १२ कक्षा सकाउन पाएको हुँदैन्, पासपोर्ट बनाइदिन्छन् । सरकारलाई जनता लेखट्नुछ, घरपरिवारलाई छोराछोरी । २०४६ सालअघि सरकारले पेट्रोल डिजेलमा एक रुपैयाँ बढायो भने यहाँ ठूलो आन्दोलन हुन्थ्यो । सबै जनता सडकमा उत्रिन्थे । सरकारले बढाएको भाउ तत्काल फिर्ता लिनुपथ्र्यो । सरकारले देश नै बेच्न लागिसक्यो, कोही चुइक्क बोल्दैन ।
नेपाली बेचिसकेको छ, अब देश बेच्न बेर छैन । तर, यसको विरोधमा कसले आवाज उठाउने ? नेपालीहरू चुपचाप विदेश भासिरहेका छन् । आधाभन्दा धेरै नेपाली बाहिर भएपछि राज्य सञ्चालकहरूको मनोबल बढेको छ । जनता नै छैनन् हाम्रो विरोधमा को बोल्ने ? भन्दै उनीहरूले आफ्नो मनोमानी चलाएका छन् । देशका युवा बाहिर पठाएपछि आफ्नो सत्ता ओगट्ने कोही हुँदैन भन्ने सोच राजनीतिक दलहरूमा छ ।
नेपालमा नेपाली नै छैनन् । छोराछोरी विदेशमा छन्, बुबाआमा नेपालमा । बुबाआमा विदेशमा छन्, बालबच्चा यहाँ । भोलि ती बालबच्चा ठूला हुन्छन्, जाने विदेश नै हो । विदेश गएर बचेकुचेका सबै पार्टीका झोले छन् । कार्यकर्ता भनेका छन्, आफ्नो पार्टीले जे गरे पनि मुखमा दही जमाउँछन्, रमिता हरेर बस्छन् । केही गरेर आफ्नो पनि सत्तामा पुग्ने पालो आइहाल्छ कि भनेर झोलेहरू दाउ छोपेर बसेका छन् । होइन् भने, अहिले देशको अवस्था सबैलाई थाहा छ । महँगीले सीमा नाघिसकेको छ । बजारमा व्यापक आर्थिक मन्दी छ । सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न समस्या परेको छ । देश भ्रष्टाचारमा लुप्त छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको छ । तर, यसको विरोधमा आवाज उठाउने कोही छैन । नेताहरूलाई सत्ताको हारालुछ गरेरै भ्याइनभ्याइ छ ।
कार्यकर्ताहरूले नेताको झोला बोक्नबाहेक केही जानेका छैनन् । युवाहरू विदेशमा श्रम गरिरहेका छन् । नेपालीहरू विदेश जानुको सबैभन्दा ठूलो फाइदा नेताहरूलाई भएको छ । मनलाग्दी चलाए पनि कसैले प्रश्न उठाउँदैन । नेतहरूलाई त मस्ती भएको छ । हामी नेपालीलाई देशमा भाँडा माँझ्न लाज लाग्छ । विदेशमा गएर हामीलाई म्यानेजरको जागिर दिने त होइन । उता गएर पनि हामीले त्यही काम गर्ने हो । काम सानो–ठूलो हुँदैन भन्ने कुरा नेपालीले कहिले बुझ्ने ? विदेश जाने पैसाले यही उद्योग खोलौँ, अन्यलाई पनि रोजगारी दिऔँ । अरूमाथि आरोप लगाएर मात्र हुँदैन, आफूमा पनि इच्छाशक्ति हुनुपर्छ ।
प्रतिक्रिया