बझाङमा मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया

बझाङ । बझाङ जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कार्यक्रम जिल्ला अस्पतालको सभाहलमा सम्पन्न भएको हो । ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला अस्पताल बझाङका स्वास्थ्य अधिकृत सिद्धराज रोकायाले मानसिक स्वास्थ्य भनेको केहो, मानसिक स्वास्थ्यका विद्यमान अवस्था, आत्महत्याका कारण, यसको वार्षिक मृत्युदर, मानसिक स्वास्थ्यका सूचकहरु, मानसिक स्वास्थ्य समस्याका कारणहरु, यसका लक्ष्यणहरु लगाएतका वारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा ओसिएमसिका बझाङका मनोसामाजिक परामर्शकर्ता सान्त खड्काले बझाङ जिल्लामा भएका महिला हिंसाको अवस्था, अहिलेसम्म भएका पहलहरु मानसिक स्वास्थ्य समस्या भएकाहरुको अवस्था र जिल्लामा भएका आत्महत्याका घटना के कति भए भन्ने बारेमा जानकारी गराएका थिए ।

मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई उपचारका लागि देशका विभिन्न ठाउँमा स्वास्थ्य केन्द्रको स्थापना भएको हुँदा समयमै उपचार गराउनुपर्ने र यसबाट हुने समस्याबाट छुटकारा पाउनुपर्ने प्रमुख जिल्ला अघिकारी नारायण प्रसाद पाण्डेले बताए ।

मानसिक रोगीहरु पनि धेरै प्रकारका हुने हुन्दा अहिले जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न पालिकाहरुमा मानसिक समस्या भएकाहरुको लागि स्वास्थ्यकर्मीसहित ओषधि समेत पठाइसकेको उनले बताए ।

प्रतिक्रिया