बझाङ । बझाङ जिल्लामा डेंगु नियन्त्रणसमन्धी सरोकारवालाहरुसँग अभिमूखीकरण कार्यक्रम गरिएको छ । सोमबार जयपृथ्वी नगरपालिका स्वास्थ्य साखाको आयोजनामा डेंगु तथा किटजन्य रोग नियन्त्रणसमन्धी सरोकारवालाहरुसँग अभिमूखिकरण तथा डेंगुको बासस्थान र लार्भा खोज्ने र नस्ट गर्ने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा डेंगु रोग भनेको केहो, यसका लक्ष्यण, र यसबाट बच्ने उपाए, यो रोग लागिहाले रोगको जाँच गर्ने विधिहरुलगायतका बारेमा अभिमूखीकरण कार्यक्रम गरिएको छ । यो रोग नियनत्रणका लागि अहिलेसम्म गरेका प्रयासहरुबारे प्रशिक्षक नारायण जोशीले प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा जोशीले यो रोग नेपालमा प्रायः असारको दोस्रो हप्तादेखि कार्तिक महिनको दोस्रो हप्तासम्म यो रोग बढी लाग्ने गरेको बताए । उनले डेंगु रोग लागिहाले नजिकैको स्वास्थ केन्द्र वा जिल्ला अस्पतालमा चेक जाँच गरी उपचार गराउन आग्रह गरे ।
कार्यक्रम नगर प्रमुख चेतराज बजालले डेंगु रोग स्थानीय भाषामा (मचछर) लामखुट्टेले टोकेर लाग्ने भएकाले सबै सचेत हुन जरुरी रहेको बताए । कार्यक्रमको स्वागत मन्तव्य जयपृथ्वी नगरपालिका स्वास्थ्य साखा प्रमुख नैनबहादुर सिंहले गरेका थिए । बझाङ जिल्लामा यो वर्ष मात्रै डेंगुबाट १ सय ३० जना संक्रमित भएका छन् ।
कार्यक्रममा उनले स्कवटाईफस भनेको केहो, स्कवटाईफसका लक्ष्यणहरु र यस रोगबाट रोगवाट बच्ने उपाएबारे पनि जानकारी गएका थिए । कार्यक्रममा स्वास्यकर्मी महिला स्वयंसेवका स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बझाङ
प्रतिक्रिया