मुगुमा पनि सुपथ मूल्य पसल, चामलमा प्रतिकिलो ७ रुपैयाँ छुट पाएपछि स्थानीय खुसी

मुगु । सरकारले देशैभर आज देखि दशैंतिहार लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । देशैभरका ४२ जिल्लाका ४८ स्थानबाट यो सेवा आज बाट शुरु भएको हो । मुगुमा पनि आईतबारबाट दशैंतिहार लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएर सुपथ मुल्यमा चामल बिक्रि शुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले सुपथ मुल्यमा चामल विक्री सुरु गरेको छ । यो सेवा आगामी मंसिर ३ गते सम्म निरन्तर सञ्चालानमा रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ ।

खाद्य कम्पनी मुगुले चामलमा प्रतिकिलो ७ रुपैयाँका दरले छुट दिएर विक्री शुरु गरेको छ । यसले नागरिकलाई केहि राहत दिएको छ । बजारमा चर्को मुल्य हालेर खाद्यान्न जोहो गदै आएका मुगुका नागरिक सुपथ मुल्यमा चामल पाएपछि खुसी भएका छन् । तर मुगुमा यो सेवा चाडपर्वमा मात्र नभई अन्य समयमा समेत गर्नुपर्ने छायाँनाथ रारा नगरपालिका १० का कुशलाल बिकले बताए ।

छुट मुल्यका चामल पाउन सेवाग्राहीले नागरिता साथमा लिएर प्रति ब्यक्ति दुई बोरा ५० केजी चामल पाउने गरेका छन् । कम्पनीले मुगुमा ३ प्रकारका चामल सुपथ मुल्यमा बिक्री गरिरहेको छ । चाडपर्व लाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मुल्यमा विक्री गर्ने योजना बनाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुका प्रमुख पुस्कर भामले बताए । ‘विगतका बर्षमा चामल अपुग भएपनि माग थप गरिएको थियो । यो बर्ष मुगुको लागी चामल १५ सय क्विन्टल पर्याप्त छ’ प्रमुख भामले भामले भने ।

जिल्ला खाद्य व्यवस्थापन समितिका अध्यक्ष तथा समन्वय प्रमुख मन्जनबहादुर कार्की र छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले संयुक्त रुपमा दीप प्रज्वलन र रिवन काटेर सुपथ मुल्य पसलको छुट मुल्यमा विक्री वितरणका लागी आईतबारबाट शुरुवात गरेका हुन् ।

प्रतिक्रिया