बाँफिकोट गाउँपालिका अध्यक्ष बाँठा बिरुद्ध अख्तियारमा उजुरी

ठेकेदार सँग कमिसन मागेको खुलासा

रुकुम पश्चिम । जिल्लाको बाँफिकोट गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पालिकाका अध्यक्ष जनककुमार बाँठाले उपभोक्ता समिति, ठेकेदार र बिभिन्न योजनाहरुको कमिसन माग्ने र कमिसन नदिएमा भुक्तानी नहुने भन्दै रकम माग्ने गरेपछि उनि बिरुद्ध अख्तियारमा उजुरी परेको हो ।

जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति ठेकेदार तथा उपभोक्ता समितिबाट रकम असुलेर भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेको छ । उजुरीमा भनिएको छ ।

अध्यक्ष बाँठाले योजनाहरुको, ठेकेदारहरु र उपभोक्ता समितिसँग रकम मागेको र रकम नदिए भुक्तानी प्रकृयामा ढिलासुस्ति गरि दु:ख दिने गरेकोले आवश्यक कारबाही गरिपाउँ भनि उजुरी परेकोले सात दिनभित्र सोको जानकारी गराउन अख्तियार कार्यालय सुर्खेतले प्रशासनलाई पत्र पठाएको छ ।

सो विषयमा अध्यक्ष बाँठा बिरुद्ध अख्तियारमा उजुर परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर ओलीले बताए । तर आफुले पनि भरखरै पत्र प्राप्त गरेकोले त्यस विषयमा थप जानकारी नभएको उनले बताए ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया