पर्साको बहुदरमाई रामनगरीमा रक्तदान कार्यक्रम

पर्सा । पर्साको बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यलय र रामनगरी युवा समाजले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुई महिला सहित ३१ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ, एक थोपा रक्तदानबाट कसैको जीवन बच्छ भन्दै युवाहरुले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति हरेन्द्र साह तेलीको सभापतित्वमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा सहयोगी आकाश गुप्ता, दिपेन्द्र प्रजापती, अमिर शर्मा, रोशन गुप्ता , प्राबिधिक सहयोग रक्तसंचार केन्द्र पर्साका मनिष गुप्ता, रामप्रित पंडित, नवीन चौरसिया, संदिप यादवलगायतको सहभागिता रहेको थियो । रक्तदान गर्ने युवा हरुलाई प्रमाणपत्र दिएर सम्मानित गरिएको थियो।

प्रतिक्रिया