दाङमा डेंगु संक्रमणबाट एक शिक्षकको मृत्यु

घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक शिक्षकको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समय अघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।

प्रतिक्रिया