काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायत कर्मचारीको सहभागीता रहेको थियो ।
दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ विषयवस्तुमा प्रस्ट पार्दै सम्पूर्ण सहभागीलाई बिस्तृत रुपमा सबै कर्मचारीले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धी मार्ग निर्देश गरेका थिए ।
कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बिके रमण नेपालीले सहभागीलाई अन्तरक्रियात्मक खेलमार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए ।
प्रतिक्रिया