काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकसहितका स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार साँझ भएको वार्तामा सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।
दुई पक्षबीचको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण सिंह र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया