बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरमा फेरि पनि बिहीबार दिउँसै सुन चोरी भएको छ । बेसीशहर नपा–७ स्थित जनविकास माविको गेट नजिकैको एक घरबाट दिउँसै सुन चोरी भएको हो ।
पछिल्लो समयमा सुनका गरगहना चोरी हुने क्रम बढी भएको छ । स्थानीय सन्त बहादुर तामाङको घरबाट बिहिबार दिउँसो ११ः३० देखी २ बजेको समयमा ८ तोलाभन्दा बढी सुन चोरी भएको देखिएको प्रहरीले जनाएको छ ।
सन्तबहादुर र उनकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला बढीभन्दा सुन चोरी भएको हो । तीन तले घरमा सन्तबहादुर दिउँसो कोठमा सुतेका थिए । उनकी छोरी र साली दिउँसो अफिस गएका थिए ।
दिउँसो आफू निद्रामा परेका बेला घरकै च्यानल गेटको चाबी फोडेर सुन चोरी भएको थाहा पाएपछि तत्काल उनले प्रहरीमा खबर गरेका थिए ।
सुन चोरीको घटनाबारे अनुसन्धान अघि बढाएको र चोरीमा संलग्नको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए ।
लमजुङमा पछिल्लो समय श्रृंखलाबद्ध रुपमा सुन चोरीको घट्ना घटिरहेको छ । यस्तो घटना घट्नुमा कमजोरी कस्को भन्ने विषयमा नै बजार तातेको छ ।
लमजुङ
प्रतिक्रिया