अफ्रिकाको उच्च शिखरमा निजामतीबाट बमबहादुरको कीर्तिमानी दाबी

काभ्रे । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा नायब सुब्बाको रूपमा कार्यरत बमबहादुर सिर्पालीले अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरो पुगेर निजामती तर्फ कीर्तिमानी रचेको दाबी गरिएको छ । रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० का बमबहादुर सिर्पालीले अफ्रिका महादेशको सबै भन्दा उच्च शिखर किलिमन्जरोमा तान्जनियाको स्थानीय समय अनुसार २७ सेप्टेम्बर २०२३ को बिहान ६ बजेर १८मिनेट मा आरोहण गर्न सफल भएका छन् ।

उनी महालेखा नियन्त्रक कार्यलय अनामनगर, हाल खानीखोला गाउँपालिका काभ्रेमा नायव सुब्वामा कार्यरत छन् । उनको कीर्तिमानी लाई नेपालको निजामती कर्मचारीकै रूपमा उक्त शिखर आरोहण गर्ने पहिलो आरोही भएको दाबी गरिएको छ ।

कीर्तिमानी दाबी दाबी गर्दै सिर्पाली भन्छन्- ‘यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देश तथा विदेशदेखि सहयोग गर्नुहुने सम्पुर्र्ण सहयोगी मनहरूमा कृतज्ञता प्रकृट गर्न चाहन्छु ।’ नेपाल र नेपालीलाई र निजामती क्षेत्रलाई चिनाउने मेरो प्रयत्न हो ।’

प्रतिक्रिया