खौला बजारमा आगलागी, पाँच पसलमा क्षेति

बझाङ । बझाङको तलकोट गाँउपालिका– ५ खौला बजारमा ग्यास पड्केर आगलागी हुँदा पाँच पसल जलेर खरानी भएका छन् । मंगलबार (आज) दिउँसो २ः३० बजेतिर उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्यास पड्केर आगो लागेको र उक्त आगो पाँच पसलमा सल्लकेको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नस्ट भएको तल्कोट गाउँपालिकाका अध्यक्ष कलक रोकायाले बताए ।

आगलागिबाट कति क्षतिभयो भन्ने विवरण आउन बाँकी रहेको र आगो नियन्त्रणमा लिन स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने काम भएको गाँउपालिकाका अध्यक्ष रोकायाले बताए ।

प्रतिक्रिया