ललितपुर । बालबालिका–विद्यार्थीका लागि ‘अफ्टर हार्वस केअर’ सञ्चालनमा ल्याइएको छ । विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध दक्ष र अनुभवी शिक्षकहरूद्वारा ‘अफ्टर हार्वस केअर’ सञ्चालनमा ल्याइएको हो ।
विद्यालय छुट्टी भइसकेपछि विद्यालयबाट सिधै ‘अफ्टर हार्वस केअर’ मा आएर विद्यार्थीहरूले प्राविधिक सामग्रीदेखि टाढा भइ पारिवारिक वातावरणमा विद्यार्थीहरूको मनोविज्ञान बुझ्ने उनीहरूको रुची अनसुारका क्रियाकलाप साथै चित्रकला, संगीत, योगा, गृहकार्य, परियोजना कार्य गर्ने गराइन्छ ।
साथै, विद्यार्थीको अवस्था र आवश्यकतालाई हेरी अनभवी र दक्ष परामर्श दाताबाट मनोसामाजिक परामर्शका साथै स्वस्थकर खाजाको व्यवस्था पनि गरिएको बताइएको छ । विद्यार्थीहरूको आवश्यकता हेरी विषयगत ट्युशनको पनि व्यवस्था गरिएको ‘अफ्टर हार्वस केअर’ का सञ्चालक शिक्षकहरुले जनाएका छन् ।
बालबालिकाहरूको लागि थप अतिरिक्त क्रियाकलापहरूको पनि उत्तिकै आवश्यकता रहेकाले यो विधी सञ्चालनमा ल्याएको बताइएको छ । बालबालिकालाई राम्रो शिक्षा दीक्षा दिन र राम्रो वातावरणमा हुर्काउन बढाउन पनि हामी अभिभावकहरू आफ्नो काममा व्यस्त हुनैपर्ने अवस्था भएकाले चाहँदा चाहँदै पनि बालबालिकालाई समय दिन सकिरहेका हुँदैनन् ।
बालबालिकाहरू अभिभावक भन्दा छिटो घरमा आइपुगेर प्राविधिक सामग्रीहरू (मोबाइल, टिभी, ल्यापटपलगायत हेरेर लामो समय बिताउने गरेको पाइएकाले यो विधी अपनाइएको शिक्षकहरु बताउँछन् ।
प्रतिक्रिया