केआईआईटीमा नेपाली छात्रा प्रिशा साहको मृत्युको विषयमा पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

स्ववियुको नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले कालो मास्क लगाएर घटनाको विरोध गरेका थिए । उनीहरुले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

पर्साको वीरगञ्ज निवासी प्रिशा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघी गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया