कांग्रेस बैठकमा कानुनमन्त्रीकाे प्रष्टीकरण

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले कानुन नबनेकोबारे पार्टीको केन्द्रीय समिति बैठकमा प्रष्टीकरण दिएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा प्रष्टीकरणका क्रममा उनले दिकदारी पोखेका छन् ।

‘कानुनमन्त्री भएपछि सबै कानुन यही धनराज गुरुङले बनाउने हो भन्ने लाग्दोरहेछ । सम्बन्धित मन्त्रालयले तर्जुमा गरेर पठाएर हामीबाट सहमति लिने हो,’ उनले भने, ‘सम्बन्धित मन्त्रीहरू र सचिवहरूलाई पटक-पटक भनेको छु लौन छिटो गरिदिनुस् । छिटो विधेयक लिएर आउनुपर्‍यो भन्दा हलचल नै हुँदैन त के गर्ने मैले मात्रै ? कानुनमन्त्री भएर कहाँ दौडिने ? अरुको मन्त्रालय दौड्न हुँदैन मैले ।’

प्रतिक्रिया