स्वास्थ्य क्षेत्र सुधारमा पहल गर्ने मन्त्री पोख्रेलकाे प्रतिवद्धता

कालिकोट । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खडकबहादुर पोख्रेलले कालिकोट जिल्ला अस्पतालमा रहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रको समस्या बुझ्न तथा सरोकारवालाहरुसंग अन्र्तक्रिया गर्नका लागि कालिकोट पुगेका सामाजिक विकास मन्त्री खडकबहादुर पोख्रेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयबाट सक्दो सहयोग गरेर स्वास्थ्य क्षेत्र मजबुद बनाउने बताए ।

स्वास्थ्य प्रवद्र्धन सम्वन्धि पत्रकार तथा सरोकारवालासँको अन्र्तक्रिया कार्यक्रममा जिल्ला अस्पताल कालिकोटमा भएका समस्या तथा समाधानका उपाय बारे विस्तृत छलफल समेत गरिएको छ । सोमबार कालिकोटमा आयोजना गरिएको कार्यक्रममा जिल्ला अस्पताल कालिकोटका समस्या तथा चुनौतिका बारे छलफल गरिएको हो । जिल्ला अस्पताल कालिकोटमा खानेपानीको अभाव, अस्पताल क्षेत्रलाई आवश्यक पर्ने जग्गा नहुनु, शव वाहनको ब्यवस्था नभएको, जिर्ण भवन भएको जस्ता समस्या रहेको डाक्टर संकेत विश्वकर्माले बताए । भौगोलिक विकटताका कारण असहजता भएपनि बिरामीको उपचारमा कमी नगरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डाक्टर संकेत विश्वकर्माले बताए ।

सुर्तिजन्य ,मदिरा जन्य, लागु औषध, बालविवाह, मागी विवाह तथा जवरजस्ती विवाहका कारण पनि मानसिक समस्या आएका विरामीहरु बढ्ने गरेको जनस्वाथ्य अधिकृत कटक महतले बताए । विरामीको अवस्था अनुसार सकेसम्म उपचारको बन्दोबस्त मिलाए पनि दक्ष जनशक्ति अभावका कारण बिरामी रिफर गर्नुपर्ने अवस्था आउने गरेको उनले सुनाए । दक्ष जनशक्तिको माग, भौतिक संरचना निर्माण, आवश्यक मेसिन तथा अन्य सामाग्रीहरुको सहजता गरिदिन समेत महतले माग गरे ।

उपस्थित सरोकारवालाहरुले स्वास्थ्य क्षेत्रमा धेरै समस्या देखिदै आएकाले सुधार गर्नका लागि माथिल्लो निकायले आर्थिक, भौतिक तथा अन्य सहयोग गरिदिनु पर्ने माग राखे । स्वास्थ्य सेवा कार्यालय कालिकोटका डाक्टर संकेत विश्वकर्माको अध्यक्षता, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खडक बहादुर पोख्रेलको प्रमुख आथित्यता तथा मन्त्रालयका सचिव डाक्टर भोजराज काफ्लेको विशेष आथित्यतामा अन्र्तक्रिया कार्यक्रम भएको हो ।

कालिकोट जिल्लामै सरुवा रोग अस्पताल संचालन गर्ने कर्णाली प्रदेश मन्त्रीपरिषदको सैद्धान्तिक निर्णय अनुसार मन्त्री पोख्रेल र सचिव काफ्ले लगाएत अन्य सरोकारवालहरुले सरुवा रोग अस्पताल कालिकोटको अनुगमन समेत गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया