एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त

काठमाडाैं । नेकपा एमालेको कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त भएकी छन् । मुख्यमन्त्री तथा दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभा सदस्य दर्नाललाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि सचेतक रहेकी सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि सचेतक पद रिक्त थियो । रिक्त रहेको सचेतक पदमा दर्नाल नियुक्त भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया