परियोजनाको गोष्ठीमा हाब्रे संरक्षणबारे विशेष छलफल

कालीकोट । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाको जिल्लास्तरीय सरोकारवालाहरुगको समिक्षा गोष्ठी सम्पन्न भएको छ । हिमालयन सामुदायिक श्रोत विकास केन्द्र एच, सि, आर, डि, सि र मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट संयुक्त साझेदारीमा समीक्षा गोष्ठी गरिएको हो ।

हिमालयन सामुदायिक श्रोत विकास केन्द्रका अध्यक्ष कर्णप्रसाद चौलागाँईको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मिना रावलको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको विशेष आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाले गरेका क्रियाकलाप तथा थप गर्नुपर्ने कार्यमा विस्तृत छलफल समेत गरिएको छ । लोप हुँदै गएको रेडपान्डा (हाब्रे) संरक्षण गर्न कालीकोटका सरकारी तथा गैरसरकारी संस्थाहरु सक्रिय हुनुपर्ने सहभागिहरुले बताएका छन् ।

रेडपान्डा पाइने कालीकोटका ३ वटा स्थानीय तह महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र पचालझरना गाउँपालिकाका अधिकांश क्षेत्रमा हाब्रे भेटिएको रेडपान्डा नेटवर्कको एक रिपोर्टले जनाएको छ । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाको जिल्लास्तरीय सरोकारवालाहरुगको गोष्टीमा कर्ण प्रसाद चौलागाँईले रेडपान्डा बहुमूल्य नभई लोप हुन लागेको दुर्लभ प्राणी भन्दै यसको संरक्षणमा सबैको चासो हुनुपर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले आगलागीबाट वन्यजन्तु बचाउन सबै नागरिकहरु संवेदनशिल हुनुपर्ने बताए । हाब्रे संरक्षणमा जुटेका व्यक्ति तथा संस्थाहरुले सक्रिय हुन आवश्यक रहेको माझीले बताए

हाल सम्मको रिपोर्ट अनुसार विश्वमा दश हजारको हाराहारीमा रेडपान्डा (हाब्रे) रहेको रिपोर्टमा छ । नेपालमा मात्र पाँच सयको तुलनामा रेडपान्डा (हाब्रे) रहेको हुरेन्डेकका उपाध्यक्ष बिरेन्द्रबहादुर बुढाले बताए । वन्यजन्तु संरक्षणमा वातावरण बचाउ अभियान महत्वपूर्ण रहेको पनि बुढाले बताए ।

जिल्ला समन्वय समिति कालिकोटकी उपप्रमुख मिना रावलले वन्यजन्तु नै हाम्रा सम्पती रहेको भन्दै पर्यटकीय दृष्टिकोणले दुर्लभ रेडपान्डा बचाउन सबैको चासो रहनुपर्ने बताइन् । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका फिल्ड प्राविधिक लक्ष्मण सिंहले वातावरण, जल, जंगलको संरक्षण हामीले गर्न नसके वन्यजन्तु संरक्षण गर्न नसक्ने भन्दै सबैले हरियो वनलाई मास्न नहुने बताए ।

डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेश गिरीले वन्यजन्तु संरक्षणमा आफ्नो र कार्यालयको तर्फबाट सधैभरी लागिरहेको बताए । आगामी दिनमा डिभिजन वनले नागरिकसँगको सहकार्यमा रेडपान्डा मात्र नभएर अन्य वन्यजन्तु र वन संरक्षणमा सदैभ साथमा रहेने प्रतिबद्धता जनाए ।

गोष्ठीमा सहभागी सम्पूर्णले नागरिक समाज, स्थानीयवासी, तीनै तहका सरकार सबैले वन जंगल संरक्षण गरी जंगलमा वासस्थान बनाएका वन्यजन्तुको रेखदेख गर्ने र शिकार रोक्नुपर्ने बताएका छन् ।

कार्यक्रममा प्रहरी प्रमुख अर्जुन केसी, पत्रकार महासंघ कालिकोट सचिव खडानन्द अधिकारी, ईन्सेक प्रतिनिधि कालीबहादुर मल्ल, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका संयोजक गोपाल कार्कीले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया