साफ यू- १९ च्याम्पियन्सिप : पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पाकिस्तानका खेलाडी अलि जफरले खेलको ७६औँ मिनेटमा गोल गर्दै पाकिस्तानका लागि निर्णायक बनाएका हुन् । पहिलो पटक यू–१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया