रौतहटमा सवारी दुर्घटनामा एकको मृत्यु, स्थानीय र प्रहरीबीच झडप

रौतहट । रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करले एक मोटरसाइकिल चालकको मृत्यु भएको हो । जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ निवासी जयनारायण यादवको छोरा वर्ष ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

सो नगरपालिकाको सन्तपुर चौकमा शुक्रबार दुर्घटना भएको हो । ट्रकको ठक्कर बाट ना ५१ पा ४९४१ को मोटरसाइकल चालकलाई ठककर दिदाँ मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार ट्रकले ब्याक गर्दा मोटरसाइकिल चालक यादवको ज्यान गएको बताएका छन् । ट्रक चालकले बदमासी गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए । उनीहरुले ट्रक चालक लाइ स्थानीवासीले हातपात गरेका थिए ।

चालकलाइ सुरक्ष दिँदा स्थानिय र प्रहरी बिच केहीबेर झडप भएको थियो । स्थिती नियन्त्रणमा लिनलाइ प्रहरीलाइ हवाई फायर समेत गर्न परेको डिएसपी केसीले बताए ।

घटना भएपछि सन्तपुर दोस्तिया चौकमा बाटो अवरुद्ध समेत गरेका थिए । दोषीमाथि कार्यवाही र क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेका थिए । घटनास्थलमा अत्यधिक संख्यामा प्रहरी परिचालन गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको र पीडित पक्ष र प्रहरीबीच इप्रका बिजयपुरमा वार्ता भइरहेको डिएसपी केसीले जानकारी गराए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया