काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको छ । संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहेका नेकपा एमालेका नेता, प्रतिनिधि सभा सांसद सुवास नेम्वाङको गए राति निधन भएको थियो ।
नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।
प्रतिक्रिया