सिराहा । मातृभूमी युवा समाज र प्रादेशिक अस्पताल सिराहाबीच रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे छलफल भएको छ । रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे प्रादेशीक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादव सकारात्मक देखिएको थियो ।
व्यवस्थित रक्त सञ्चार केन्द्र अस्पताललाई अतिआवश्यक रहेको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा नागेन्द्र यादवले औंल्याए । रक्त सञ्चार केन्द्र व्यवस्थापन गर्न अस्पताललाई खेल्नुपर्ने सकारात्मक भूमिकामा कुनै कसर नराख्ने उनले बताए ।
रक्त सञ्चार केन्द्रका लागि कोठा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, कार्यालय व्यवस्थापन,रक्तदान कार्यक्रममा हुने सामान्य व्यवस्थापन खर्च लगायत अन्य कार्यमा सघाउ पुर्याउने प्रादेशिक अस्पताल सिरहाकी व्यवस्थापक सबनम महतोले बताइन् ।
गएको तीन वर्षभित्र संस्थाको समन्वयमा प्रादेशिक अस्पताल सिरहालाई १ हजार ५ सय भन्दाबढी पोका रगत उपलब्ध गराएको मातृभूमिका अध्यक्ष मनिषकुमार यादवले बताए।
रगत उपलब्ध गराउने कार्यलाई व्यवस्थित गर्न प्रादेशिक अस्पताल सिराहासँग छलफल गरिएको र छलफल सकारात्मक भएको संस्थाका अध्यक्ष मनिषकुमार यादवले बताए ।
छलफलमा मातृभूमिका उपाध्यक्ष अविनाश पूर्वे, कोषाध्यक्ष विकास शाह, एडभाइजर नवीन शाह, सुमित यादव, अमित मुखिया, शसी मण्डललगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया