काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
उनीमाथि खुकुरी हानेको आरोपमा श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया