इन्फिनिटी सेक्युरिटीजमा कारोबार गर्दा इसेवाबाट भुक्तानी

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवादेखि इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यस सम्झौताले लगानीकर्तालाई इन्फिनिटी सेक्युरिटीजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटीजका चिफ अपरेटिंग अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरेका छन् ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेको कम्पनीको दावी छ । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया