मुगु । नेकपा माओवादी केन्द्रले हालै घोषणा गरेको तीनमहिने पार्टी अभियान सार्थक बनाउन माओवादी केन्द्र मुगुले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जिल्लाका चार स्थानीय तह र ४५ वडाहरुमा बुधबारदेखि पठाएको छ ।
बुधबार प्रेस सेन्टर मुगुले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र मुगुका ईञ्चाज गोमा कुँवरले ‘घर–घरमा माओवादी जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ तीनमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरुलाई आ–आफ्नो कार्य क्षेत्रमा पठाएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएकी हुन् ।
सामाजिक सांस्कृतिक न्यायको स्थापित जनताले आशा गरेका जनयुद्धका मुद्दामाथि निराश भइरहेको समयमा नेता तथा कार्यकर्ता रुपान्तरण हुने, शहिद परिवारसँग भेटघाट सुशासन कायम गर्न सरकारले चालेका कदमलाई जनतासामु लैजान र नेकपा माओवादी प्रति भइरहेका र प्रचार गरिरहेका भ्रमहरु चिरफार गर्नका साथै माओवादी केन्द्र मुगुमा तेस्रो पार्टीका रुपमा देखिएकाले जिल्लामा पहिलो पार्टी बनाउन केन्द्र पार्टीको निर्देशन अनुसार तीनमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भदौ १६ गते ११ बजे एकै साथ देशभर ६ हजार ७ सय ४३ वडा कमिटीबाट सुरु गरिने पत्रकार सम्मेलनमा ईञ्चार्ज कुँवरले जानकारी गराइन् ।
५ हजार ५ सय संगठित सदस्य रहेको मुगु जिल्लाका चार स्थानीय तहका ४५ वडामा प्रति वडा ९ जनाका दरले ४ सय ५ जना नेता तथा कार्यकर्तालाई माओवादीले वडा–वडामा खटाइएको छ । छायाँनाथ रारा नगरपालिकामा मुगु पार्टी संयोजक सुकबिर बुढा, खत्याड गाँउपालिका अजबहादु शाही, सोरु गाँउपालिका नवराज धामी र मुगुम कार्मारोङ छिरिङ तोमडोल लामाको नेतृत्वमा अभियान १६ गतेबाट सुरु हुने नेकपा माओवादीका जिल्ला संयोजक शुकबिर बुढाले बताए ।
यो अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरुले जनतासामु प्रचण्ड नेतृत्वको सरकारले गरेका भष्ट्राचार नियान्त्रण, सुसाशन र पारदर्षितासम्बन्धी कामहरुका साथै कर्णाली प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम, योजना र बजेटबारे प्रष्ट पार्नेछन । कणली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगलबहादुर शाहीले पत्रकार सम्मेलनमा बताए ।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले प्रदेश सरकारले असार मसान्तमा रातारात काम सक्ने र भुक्तानी गर्ने पुरानो बानीलाई परिमार्जित गर्दै चालु आवका कार्यक्रम, योजनाहरुको सम्झौता तथा ठेक्काका प्रकृयाहरु कार्तिक मसान्तसम्म सम्पन्न गरी चैत–बैशाखभित्र् कार्यसम्पन्न गर्ने गरी मन्त्रालयहरुले काम गरिरहेको पनि उनले जानकारी गराए ।
मुगु
प्रतिक्रिया