समाजवादी मोर्चाको धनगढीमा हुने ‘सन्देश सभा’ स्थगित

धनगढी । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा स्थगित भएको छ । आज (बुधबार) धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले राजनीतिक व्यस्तताका कारण प्रधानमन्त्री लगायत मोर्चाका नेताहरू धनगढी आउने कार्यक्रम स्थगित भएको जानकारी दिए ।

सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व–प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव सी र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया